Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो बीमा पोलिसी सरेण्डर — ११ महिनामा साढे १२ अर्ब बाहिरियो, नविकरण नगर्नेको संख्या १० लाख २७ हजार

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १० : ५६ मा प्रकाशित

घट्यो बीमा पोलिसी सरेण्डर  — ११ महिनामा साढे १२ अर्ब बाहिरियो, नविकरण नगर्नेको संख्या १० लाख २७ हजार

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ११ महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डर (बीमालेख समर्पण) मार्फत १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ बाहिरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०१ प्रतिशतले कम हो।

गत आवको जेठ मसान्तसम्म १३ अर्ब ५४ करोड १५ लाख रुपैयाँ सरेण्डर भएको थियो। रकमसँगै बीमालेख त्याग गर्ने ग्राहकको संख्या पनि १४.८७ प्रतिशतले घटेर ९८ हजार ४१ बाट ८३ हजार ४४२ मा झरेको छ।

अर्कोतर्फ, नवीकरण नगरिएका (व्यतित) बीमालेखको कुल रकम भने ५.९२ प्रतिशतले बढेर ३६ अर्ब ५१ करोड ४७ लाखबाट ३८ अर्ब ६७ करोड ६० लाख रुपैयाँ पुगेको छ। तर, यसरी नवीकरण नभएका बीमा पोलिसीको संख्यामा भने १७.७५ प्रतिशतले घटेको छ । गत वर्षको १२ लाख ४३ हजार ७६९ को तुलनामा समीक्षा अवधिमा १० लाख २७ हजार ९६३ वटामा सीमित भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको