Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफले गर्यो प्रथम वार्षिक शाखा सम्मेलन पोखरामा

बुधबार, १५ साउन २०७६, १८ : ०५ मा प्रकाशित

महालक्ष्मी लाईफले गर्यो प्रथम वार्षिक शाखा सम्मेलन पोखरामा

अर्थ संसार, काठमाडौं– महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन यहि श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ। STRATEGIC BUSINESS MEET 2019   नाम दिइएको सम्मेलनको समुदघाटनइन्स्योरेन्स कम्पनीकाप्रमुख कार्यकारी अधिकृत  रमेश कुमार भट्टराईले गर्नुभयो।

सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाकाप्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेको थियो।  

Learn-Perform-Lead नारा सहित २ दिन संचालित उक्त सम्मेलनको पहिलो दिन आ।व। २०७६।७७ को लक्ष्य, रणनिति र कार्यक्रम बारेमा बृहत छलफल भएको थियो। दोस्रो दिन सम्पुर्ण शाखा र उपशाखा प्रमुखलाई लेखा, अण्डरराईटिङ्ग, एजेन्सी लगायत विविध विषयमा प्रधान कार्यालयका अधिकृतहरूबाट तालिम दिइएको थियो।

कार्यक्रमको अन्तमा संचालक  सुरेश सापकोटा बाट लक्ष्य पुरा गर्नेलाई नगद पुरस्कार र विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो। 

२०७५ माघ २७ बाट कम्पनी संचालन भएता पनि विभिन्न तयारीको कारण ४ महिनाको छोटो समयावधिमा महालक्ष्मी लाईफले ५० जिल्ला भन्दा बढीमा तालिम तथा जनचेतना कार्यक्रम संचालन गरेको, ४७ वटा कार्यालय खोलेको, ५ वटा प्रोडक्ट प्रचलनमा ल्याएको तथा २५ करोड प्रिमियम संकलन गर्न सफल भएको छ।

कम्पनीले यस आ. व.मा थप ५० वटा शाखा रउपशाखा स्वीकृती लिई १०० भन्दा बढी कार्यालय संचालनमा ल्याउने तथा प्रथम वीमा शुल्कको अर्ब क्लबमा पुग्ने लक्ष्य कम्पनीले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको