Like us!
Follow us!
Connect us!
Watch us!

वल्र्ड मर्चेन्ट समस्याग्रस्तबाट फुकुवा

विहीबार, १६ साउन २०७६, ०८ : २८ मा प्रकाशित

वल्र्ड मर्चेन्ट समस्याग्रस्तबाट फुकुवा

अर्थ संसार, काठमाडौं -नेपाल राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई समस्याग्रस्तबाट फुकुवा गरेको छ । वल्र्ड मर्चेन्टलाई १३ वैशाख २०७० मा समस्याग्रस्त घोषणा गरिएको थियो । त्यसयता उक्त फाइनान्सको निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्नेलगायत कारोबार रोकिएको थियो ।

वल्र्ड मर्चेन्टमा नयाँ व्यवस्थापन आएर तोकिएको मापदण्ड पुर्याएकाले समस्याग्रस्तबाट फुकुवा गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
राष्ट्र बैंकको गत ७ साउनको निर्णयअनुसार वल्र्ड मर्चेन्टलाई समस्याग्रस्तबाट फुकुवा गरिएको उनले बताए । ‘बुधबार नै वल्र्ड मर्चेन्टलाई पत्राचार गरेर समस्याग्रस्तबाट फुकुवा गरिएको जानकारी दिएका छौँ, सूचना पनि जारी गरिसकेका छौँ,’ उनले भने, ‘अब वल्र्ड मर्चेन्टले पुनः निक्षेप, कर्जा, जमानतलगायत कारोबार गर्न पाउनेछ ।’

वल्र्ड मर्चेन्टमा नयाँ व्यवस्थापन आएसँगै कम्पनी समस्याग्रस्तबाट फुकुवा भएको हो । टीकानिधि लोहनीलगायतको समूहले वल्र्ड मर्चेन्टको स्वामित्व खरिद गरेर संस्थालाई नेतृत्व गरेको वित्त कम्पनी सुपरिवेक्षण विभाग प्रमुख सुनील उदासले जानकारी दिए ।

नयाँ व्यवस्थापनले खराब कर्जा घटाउने, संस्थागत सुशासन कायम गर्ने, दायित्व भुक्तानी गर्नेलगायत सबै काम गर्ने प्रतिबद्धताअनुसार समस्याग्रस्तबाट फुकुवा गरिएको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको