Like us!
Follow us!
Connect us!
Watch us!

युवा उद्यमलाई प्रोत्साहन गर्न युवा उद्यमशीलता सम्मेलन हुदैं

मिलन खड्का

सोमबार, २० साउन २०७६, १६ : ५१ मा प्रकाशित

युवा उद्यमलाई प्रोत्साहन गर्न युवा उद्यमशीलता सम्मेलन हुदैं

अर्थ संसार, काठमाडौं– युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधान र सोचको विकास गराउने उद्धेश्यका साथ प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाण्डौमा २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ ।

सोमवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी साथ एंव सहयोगका बारेमा प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा
परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेसनको सह—आयोजना र राष्ट्रिय बाणीज्य बैंकको मुख्य प्रायोजनमा आगामी साउन २७ र २८ गते देशभरका उद्यमशील सोच राख्ने युवाहरुको सहभागीतामा सम्मेलन अयोगना गर्न लागिएको जानकारी दिनुभयो ।

मन्त्री नेपालले उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मबिश्वास, पुँजी र लगानीको वातावरण चाहिने बताउदैं यो युवा उद्यमशीलता सम्मेलनले उद्यमशीलताको उपयुक्त अवसर निमार्णमा पहल गर्ने बताउनुभयो ।उहाँले प्रदेश नम्वर ३ सरकार युवा उद्यमीहरुको लगानी बढाउन र समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

सोहि समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रि युवा दिवशको अवशरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम भएको बताउनु भयो । स्थानिय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोहि समारोहमा युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक समेत रहेको राष्ट्रिय बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने भएकाले बाणीज्य बैंक यो सम्मेलनमा साझेदार भएको जानकारी दिनु भयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने घोषणा समेत गर्नुभएको छ ।

सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गर्नुभयो ।

साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद 
बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् बिश्वकर्मा, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, भवानी राणा, चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाल लगायत उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । ११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट
आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढि स्पीकरको प्रस्तुती रहने सम्मेलनको समापन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नु हुने छ ।

सम्मेलनमा उद्यमशीलताका नविनतम्अवसरको खोजी गर्ने, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि पर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म हुने आयोजकले बिश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको