Like us!
Follow us!
Connect us!
Watch us!

बैशाखपछि झन्डै १० हजार बढ्यो सुनको भाउ, आजै बढ्यो तोलामा १५०० रुपैयाँ

मिलन खड्का

बुधबार, २२ साउन २०७६, ११ : ४६ मा प्रकाशित

बैशाखपछि झन्डै १० हजार बढ्यो सुनको भाउ, आजै बढ्यो तोलामा १५०० रुपैयाँ

अर्थ संसार, काठमाडौं– केहि दिन देखि लगातार बढेको  सुनको मूल्य आज पनि  बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ६८ हजार  रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज  बढेर ६९ हजार ५०० रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी मंगलबार ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ६९ हजार २०० रुपैयामामा कारोबार हुँदै छ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५९ हजार ५८५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५९ हजार ३३० रुपैयाँ  कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
 
सुनको बजार मुल्य केही दिन देखी लगातार माथि उक्लिने क्रममा छ। अन्तर्राष्ट्रिय बजार मै केही दिन देखी सुनको भाउ  बढने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अमेरिका इरानबीचको बदिरहेको तनाव तथा अमेरिका चीन व्यवपार तनाबको  असरले गर्दा  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उक्लिने क्रममा छ  ।
वर्षको सुरुवातमा ५९ हजार ६०० प्रति तोलामा कारोबार भएको सुन चार महिना पछी झन्डै १० हजार रुपैया बढेको छ । 
आजको सुनको भाउ, अहिले सम्म कै महँगो भाउ हो । 

सुनको भाउ बढे सँगै बजारको सुनपसलमा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकको सङ्ख्या हुवाट्टै बढेको एक सुन व्यवसायी बताउछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको