अर्थ संसार, काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल शोल्टी क्राउन प्लाजा, काठमाडौंमा, सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरी आफ्नो देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंन्श आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरु उपस्थित हुनुभएको थियो ।
कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुखहरु, सात उत्कृष्ट शाखा प्रमुखहरु, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु तथा उत्कृष्ट एजेन्टहरुका साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरियो ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री कवि फुयालले आगामी दिनहरुका लागि बोकेको लक्ष्य र कम्पनीको भावी योजना बारे पनि जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि र कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंन्श आचार्य र मदनकृष्ण श्रेष्ठ, कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले पनि कार्यक्रममा आ–आफ्नो मन्तव्य प्रस्तुत गरी सिटजन लिडर्सहरुको हौसला अझ बढाउनु भएको थियो ।
बीमीतहरुको उज्वल, सुरक्षित र निश्चिन्त जीवनको परिकल्पना बोक्दै आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वर्षभरिनै विभिन्न यस्ता कार्यक्रम गर्दै लिडर्सहरुलाई उत्प्रेरित गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस