Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदी व्यवसायी सञ्जालको संयोजकमा रसाइली

मंगलबार, २८ साउन २०७६, १३ : १८ मा प्रकाशित

सुनचाँदी व्यवसायी सञ्जालको संयोजकमा रसाइली

 

अर्थ संसार, काठमाडौँ - विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नं ३ समितिको संयोजकमा रमेश रसाइली चयन हुनुभएको छ । समितिद्वारा यहाँ सोमबार आयोजित प्रदेश भेलाको बन्दसत्रले रसाइलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।

समितिको सहसंयोजकमा विक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवमा प्रेम खाती, अमरबहादुर लामिछाने र कोषाध्यक्षमा तारा विश्वकर्मा हुनुहुन्छ । त्यसैगरी सहकोषाध्यक्षमा सुजन बराइली, सदस्यमा श्रवणकुमार गदाइली, गङ्गा विश्वकर्मा, पुष्कर धनुके, कृष्णबहादुर गहतराज, रामकृष्ण खाती, तिलक गदाल, मणि कुमार, तारा खाती, लक्ष्मी विश्वकर्मा, नारायण विश्वकर्मा, नवराज विश्वकर्मा, कुमार विश्वकर्मा, कृष्णबहादुर धनुके, भीमप्रसाद सेन्चुरी, देविन गहतराज, केदार गहतराज, सङ्गम गहतराज र कृष्णबहादुर गहतराज हुनुहुन्छ ।

संरक्षकमा रामप्रसाद लकान्द्री हुनुहुन्छ । विज्ञापन खारेज गराइछाड्ने लोकसेवा आयोगले निकालेको विज्ञापनप्रति असन्तृष्ट जनाउँदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने बताएका छन् । सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवालाई सहित आन्दोलनमा उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने जिकिर गरेका हुन् । शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवासहित दलित विद्यार्थीहरुले आन्दोलनको मागचित्र बनाउनुको साथै आजै ४ बजे माइतीघरमा विरोधसभासमेत गर्ने उनीहरुले बताएका छन् ।

नेपालको संविधान २०७२ को धारा ३८ (४), ४० (१), ४२ (१) र धारा २८५ ले प्रत्याभूत गरेको महिला, दलित, मधेसी, थारु, जनजाति, मुस्लिम, पिछडिएका वर्ग, क्षेत्रसमेतलाई राज्यको निकायमा समानुपातिक समावेशी हुन पाउने अधिकारलाई लोकसेवा आयोगको पछिल्लो विज्ञापनले पूर्णरूपमा बेवास्ता गरी लत्याएको उनीहरूले बताएका छन् । संविधानमा उल्लेख गरेको समावेशी, समानुपातिक प्रणालीलाई बेवास्ता गर्दै न्यूनतम मापदण्ड पनि अवलम्बन नगरी पदपूर्ति गर्न खोजिएको भन्दै उक्त विज्ञापन खारेज नभएसम्म सशक्त आन्दोलन गर्ने संयुक्त दलित विद्यार्थी सङ्घर्ष समिति नेपालको संयोजक मदन भूलले बताउनुभयो ।

लोकसेवा आयोगले जेठ १५ गते निकालेको निजामती कर्मचारीको रिक्त पदपूर्तिका लागि कर्मचारी भर्ना गर्ने विज्ञापनमा दलित समुदायलाई बेवास्ता गरी समानुपातिक तथा समावेशी व्यवस्थाले दलित आन्दोलनको उपलब्धिसमेत गुमेको हुँदा सबै एक भएर आन्दोलनमा उत्रिनुपर्ने नेविसङ्घ नेता पवन नेपालीले बताउनुभयो ।

सबै राजनीतिक दलसँग आवद्ध दलित विद्यार्थी नेताले एकजुट भएर आन्दोलनमाबाटै संविधानले दिएको अधिकारलाई लोकसेवा आयोगबाट खोसिएको अधिकारलाई स्थापित गराउने अखिल क्रान्तिकारीका राम नेपालीले बताउनुभयो । लोकसेवा आयोगको यस कार्यको विरुद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनीस्वरुप मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त प्रयासमा विरोध प्रदर्शन यसअघि पनि गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको