अर्थ संसार, काठमाडौं - मुक्तिनाथ विकास बैंकको २० प्रतिशत हकप्रद शेयरमा भदौ १२ गतेदेखि आवेदन दिन सकिनेछ । बैंकले असार ३० गते नेपाल धितोपत्र बोर्डबाट २० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको हो ।
बैंकले रू १ सय अंकित दरको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।  बैंकको हकप्रदमा साउन ३० गतेसम्म कायम रहेका शेयरधनीहरुले असोज १५ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू ३ अर्ब ६ करोड छ । २० प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी रू। ३ अर्ब ६७ करोड पुग्नेछ ।
कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ प्रदान गरेको छ । बैंकले २० प्रतिशत हकप्रद शेयर जारी गर्न रेटिङ गराएको हो । ग्रेड ३ रेटिङले बैंकको आधारभूत पक्ष औषतमा राम्रो रहेको देखाउँछ ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस