Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा केएनपिले फेरि ल्यायो रङ्गमा दङ्ग

अर्थ संसार

सोमबार, ०२ भदौ २०७६, १८ : ४३ मा प्रकाशित

दशैंमा केएनपिले फेरि ल्यायो रङ्गमा दङ्ग

अर्थ संसार, काठमाडा– जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक “रङ्गमा दङ्ग” योजना नेपाली बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले केएनपि इम्प्रेसन र एक्सल टोटलको प्रत्येक रु.६०,००० (भ्याट सहित) को खरिदमा एउटा कुपन प्राप्त गर्न सक्नुहुनेछ ।

यस योजनामा ग्राहकहरुले लक्की ड्र मार्फत बम्परमा १० तोला सुन, १० भाग्यसाली ग्राहकले स्मार्ट फोन र ३ भाग्यसाली ग्राहकले एलईडि टि.भि जित्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ ।

यसका साथै ग्राहकहरुले हात खाली नजाने उपहार अन्तर्गत हाते घडी जित्न सक्नुहुनेछ ।  लक्की ड्र मा सहभागी हुनको लागि ग्राहकहरुले KNP <space> सिरियल नम्बर <space> ग्राहकको नाम टाईप गरी ३४००१ मा एसएमएस गर्न सक्नुहुनेछ । 

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न सुरु गरेको केएनपि जापानले वातावरण मैत्रि पेन्टलाई प्राथमिकता दिदैं हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ ।

नेपालमा भिओसी रहित पेन्टलाई सशक्त रुपमा आत्मसाथ गर्दै अगाडि बढेको केएनपिले स्वास्थ्य जीवन र स्वच्छ वातावरण को प्रचार–प्रसार गर्दै आएको छ ।

नेपाली पेन्टका ग्राहकहरुका लागि केएनपिले लगातार दोस्रो पटक रङ्गमा दङ्ग जस्तो आकर्षक अफर ल्याएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको