Like us!
Follow us!
Connect us!
Watch us!

जिएमआरसँग भएको माथिल्लो कर्णाली सम्झौताको खारेज गर्न नेकपाका नेताको माग (भिडियो )

मिलन खड्का

मंगलबार, ०३ भदौ २०७६, १७ : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–  जलाशययुक्त माथिल्लो कर्णाली निर्माणका लागि भारतीय कम्पनी जिएमआरसँग गरिएको सम्झौता तत्काल खारेज गर्न सरकारसँग सत्तारुढ दलका नेताहरुले नै माग गरेका छन् ।

 परियोजना राष्ट्रहित विपरीत हुन नहुने भन्दै नेताहरुले राष्ट्रियतालाई कमजोर पार्ने दुस्साहस कसैले नगरोस् भनी चेतावनी समेत दिएका हुन् ।

काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रले सोमबार आयोजना गरेको माथिल्लो कर्णाली र बुढीगण्डकी परियोजनाबारे राष्ट्रहितको बहस कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने परियोजनालाई सरकारले समर्थन गर्न नहुने धारणा राख्नुभयो ।

त्यसैगरी नेता भीम रावलले देशमा राज्य कसको लागि परिचालित हुँदैछ भन्ने प्रश्न गर्दै देशविरोधी जिएमआरसँगको सम्झौता तत्काल खारेज गर्न माग गर्नुभयो । माथिल्लो कर्णाली परियोजना राष्ट्रहितमा बन्नुपर्ने नेता रावलको भनाइ थियो ।

कार्यक्रममा बहुउद्देश्यीय बुढीगण्डकी परियोजनालाई अगाडि बढाउन सरकारको ध्यानाकर्षण पनि गरेका थिए ।

सहभागीले राष्ट्रहितको पक्षपोषण गर्नेगरी कम्युनिष्ट नेतृत्वको सरकारले आफ्ना कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको