Like us!
Follow us!
Connect us!
Watch us!

लोकन्थलीको पहिरो :  सडक भाँसियो, घरहरु बगाउने डर, जिम्मेवारी कसको ? (भिडियोसहित)

अर्थ संसार

बुधबार, ०४ भदौ २०७६, १८ : ३५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं – सोमबार राति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीमा जथाभावी खन्दा सडक भासिएपछि चार घर उच्च जोखिममा परेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ले ५ लाख लिटर क्षमताको खानेपानी ट्यांकी बनाउने काम अहिले गरिरहेको छ । सोमबार बिहान ट्यांकी निर्माणका लागि स्काभेटर  चलाउँदा बाटो भासिएपछि  स्थानीयवासीले काम रोकेका थिए । पक्की घर पहिरोको उच्च जोखिममा परेपछि स्थानीयवासीले आक्रोस पोखेका छन् ।

‘पानी ट्यांकी बनाउने ठाउँ उपयुक्त छैन, यहाँ जोखिम छ, यदि कामै गर्नु छ भने बर्खामा होइन, हिउँदमा गरौँ भनेर गत असार १६ गते केयूकेएलमा निवेदन गरेका थिऔं, त्यो कुरालाई वेवस्ता गर्दै स्काभेटर चलाइयो, जसको परिणाम स्वरुप यो घटना घटेको स्थानीय टोल सुधार समितिका अध्यक्ष लक्ष्मण प्रसाद पौडले अर्थ संसारलाई सुनाए । वेमौषममा जथाभावि सडक खन्दा घर नै जोमिमा परेपछि स्थानीयवासीले यसरी आक्रोस पोखेका छन् ।

हेर्नुहोस् भिडियो : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको