अर्थ संसार, काठमाडौं –सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र आजदेखि बिक्री खुला भएको छ ।  प्रतिऋणपत्र १ हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री खुला गरेको छ । 
 ‘१०.२५ प्रतिशत एसविएल डिवेञ्चर २०८३’ नाम दिइएको सो ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने रेटिङ प्रदान गरेको छ ।ऋणपत्र बिक्री बन्द हुने मिति छिटोमा भदौ ९ गते र ढिलामा आगामी असोज ५ गतेसम्मका लागि तोकिएको छ ।
नेपाल धितोपत्र बोर्डबाट गत साउन १४ गते स्वीकृति पाएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
ऋणपत्रमध्ये रु एक अर्ब ५० करोड ऋणपूँजी रकम परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपत्रले हुन आउन रु एक अर्ब ऋणपूँजी रकमअर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।
 केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कूल चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र बिक्री गर्नुपर्ने प्रावधानसहितको चालू आवका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस