अर्थ संसार, काठमाडौं -एनआइसी एसिया म्युचुअल फन्डले साउन ८ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको एनआइसी एसिया ब्यालेन्स्ड फन्डमा आवेदन दिने आज (भदौ ५ गते) अन्तिम दिन हो ।
यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाइ निष्कासन तथा बिक्री खुला गरेको हो ।
योजनाले १२ करोड ५० लाख इकाइ बिज पुँजीबापत १ करोड ८७ लाख ५० हजार इकाइ कोष प्रवद्र्धकलाई र १ करोड ९५ लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी सर्वसाधारणका लागि १० करोड ६२ लाख ५० हजार इकाइ निष्कासन गर्नेछ । यस योजनाको कोष प्रवद्र्धक एनआइसी एसिया बैंक रहेको छ । यस योजनाको अवधि १० वर्षको रहेको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २ करोड ७५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस