Like us!
Follow us!
Connect us!
Watch us!

किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबिच संस्थागत सहकार्यको लागी सम्झौता

मिलन खड्का

सोमबार, ०९ भदौ २०७६, १४ : ५४ मा प्रकाशित

किताब यात्रा  र केसिएल अस्ट्युट क्यापिटलबिच संस्थागत सहकार्यको लागी सम्झौता

अर्थ संसार, काठमाडौं- किताब यात्रा प्रा लि र केसिएल अस्ट्युट क्यापिटल लि का बिच आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटल लि ले किताब यात्रा प्रा लि का ग्राहक, शेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्क (Annual Management Fee on Portfolio Management Services) मा ३३% छुट प्रदान गर्ने छ भने किताब यात्रा प्रा लि ले केसिएल अस्ट्युट क्यापिटल लि का ग्राहक, शेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५% छुट प्रदान गर्नेछ । 

उक्त समारोहमा किताब यात्रा प्रा लि का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ऋषि राम अधिकारी र वित्त तथा कानून सल्लाहकार श्री सन्तोस ज्ञवाली र  केसिएल अस्ट्युट क्यापिटल लि। का तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत श्री निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत श्री अशोक सुवेदीले हस्ताक्षर गरेका थिए।
 
अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनामा लागेको किताब यात्राले अनलाइबाटै स्वदेश तथा विदेशमा सोझै खरिद गर्ने सकिने प्ल्याटफर्म  निमार्ण गरेकाे हो । अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको छ। 

केसिएल अस्ट्युट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन Portfolio Management Services   प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो । यस संस्थाले नेपालको पूजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूजी बजारबारे जानकारी नभएका साथै नेपालको पूजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन दिँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको