Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा ९०० घट्यो सुनको भाउ, पुग्यो कति ?

मिलन खड्का

मंगलबार, १० भदौ २०७६, ११ : २९ मा प्रकाशित

तोलामा ९०० घट्यो सुनको भाउ, पुग्यो कति ?

अर्थ संसार, काठमाडौं–  सुनको मूल्य आज केही घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा रु ९०० घटेर  ७२ हजार ६०० रुपैयामा कारोबार भईरहेको छ ।
 
त्यसैगरी सोमबार ७३ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७२ हजार ३०० रुपैयामामा कारोबार हुँदै छ  ।
    
महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ६२ हजार २४५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६१ हजार ९९० रुपैयाँ  कायम गरेको छ।
 
तेसैगरी आज प्रति तोला चाँदीको मूल्य ८६० रुपैयाँ  कायम गरेको छ ।
 
सुनको बजार मुल्य केही दिन देखी लगातार माथि उक्लिने क्रममा छ। अन्तर्राष्ट्रिय बजार मै केही दिन देखी सुनको भाउ  बढने क्रममा छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अमेरिका इरानबीचको बदिरहेको तनाव तथा अमेरिका चीन व्यवपार तनाबको  असरले गर्दा  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उक्लिने क्रममा छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको