Like us!
Follow us!
Connect us!
Watch us!

बहुप्रतिक्षित टाटा एचफाइभएसयूभी नेपाली बजारमा सार्वजनिक

निशा पाण्डे

मंगलबार, १० भदौ २०७६, १६ : ४९ मा प्रकाशित

बहुप्रतिक्षित टाटा एचफाइभएसयूभी नेपाली बजारमा सार्वजनिक

अर्थ संसार, काठमाडौं–  नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियमएसयूभी टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिएको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो।

भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती मूल्य५६,५५०००/– (छपन्न लाख पच्पन्न हजार रुपैंया) तोकिएको छ ।

नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । बुकिङ्ग खुल्ला भएयता टाटा एचफाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्। टाटा एचफाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ।

सो अवसरमाबोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेशनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एचफाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताउनुभयो। नेपाली एसयूभी पारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एचफाइभलाई मन पराउने बताउनुभयो।

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ। एचफाइभमा रहेको इन्जिनले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममानिर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एचफाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।

नेपाली बजारमा टाटा एचफाइभ सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदी ट्रेडिङ प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले  टाटा एचफाइभ सर्वोत्कृष्ट उत्पादनभएको र नेपाली बजारमा लोकप्रिय हुनेमा विश्वास व्यक्तगर्नु भयो ।

टाटा मोटर्सका बारेमा

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिभएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिभएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदानगर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १०९ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ ।

इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कर्मर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिकब्रिकीगर्न सफलउत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।

जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र  भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँनयाँउत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ। अन्तर्राष्ट्रिय स्तरमा टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न देशहरुमाबिक्रीवितरण गरिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको