अर्थ संसार,काठमाडौं- फेसियल हाउसले तीज विशेष कार्यक्रमका बिच अग्रज कलाकार द्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई 'शिवपार्वती'को रुपमा सम्मा नगरेको छ।हिन्दु नारीहरुको महानपर्व हरि तालिका तीजको पुर्व सन्ध्यामा आयोजित 'फेसियल हाउस तीज महोत्सव २०७६' कार्यक्रममा हरिहरर शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो।
नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले योगदानको कदर गर्दै, जीवनको हरेक पाइलामा अविचलित रहँदै एक अर्काको सारथी बनेर अगाडि बढि रहेको हरिहर-शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संघ्या दिँदै उक्त सम्मानबाट सम्मानित गरिएको फेसियल हाउस कि प्रवन्ध निर्देशक सुष्मा महराले बताइन्।
सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८, १९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामान सहित आर्थिक सहयोग समेत प्रदान गरियो।प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग रकम रु २५,००० (पच्चिसहजार) प्रदान गरेकी हुन्।
उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाकोअभिनय रहेको तीज गीत 'तीज आयो' को भिडियो विमोचन समेत गरिएको थियो।
भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन्।कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तीहरुको उपस्थिती रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस