Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा भरत बहादुर कार्की

मिलन खड्का

बुधबार, ११ भदौ २०७६, ११ : २९ मा प्रकाशित

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा भरत बहादुर कार्की

अर्थ संसार,काठमाडौं-युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. को नयाँ  अध्यक्ष श्री भरत बहादुर कार्कीले पदभार ग्रहण गरेका छन् ।  

यस अगाडी संचालक समितिमा संस्थापक शेयरधनी श्री एन.ई गु्रप प्रा.लि. का तर्फबाट श्री उदय कृष्ण उपाध्यायले प्रतिनिधित्व गर्दै आएका थिए।  

संचालक समितिले एन.ई.गु्रप प्रा.लि.को मिति २०७६/०५/०२ गतेको पत्र अनुसार श्री भरत बहादुर कार्कीलाई मनोनयन गरि संचालक समितिमा प्रतिनिधित्व गर्न पठाउनु भएको थियो। 

कम्पनीको भाद्र ०९ गते बसेको संचालक समिति बैठकले श्री भरत बहादुर कार्कीलाई संचालक समितिको अध्यक्षपदमा प्रस्तावगरि सर्वसम्मत रुपमा चयन
गरेको थियो। 

कार्कीले बीमा समितिका  अध्यक्षबाट सपथ पनि लिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको