Like us!
Follow us!
Connect us!
Watch us!

तपाईसँग मुक्तिनाथ विकास बैंकको सेयर छ ? खुल्यो आजबाट हकप्रद

मिलन खड्का

विहीबार, १२ भदौ २०७६, १० : ५३ मा प्रकाशित

तपाईसँग मुक्तिनाथ विकास बैंकको सेयर छ ? खुल्यो आजबाट हकप्रद

अर्थ संसार,काठमाडौं– मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर (आज )बिहीबारदेखि निष्कासन भएको छ।  

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०% अर्थात १०: २  अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । अर्थात १० कित्ता साधारण सेयर बराबर २ कित्ता हकप्रद सेयर सेयरधनीहरुका लागि निष्कासन गरेको हो ।

बैंकको  हकप्रद सेयर छिटोमा असोज १५ गते सम्मको लागि तोकेको छ। हकप्रद सेयर निष्कासनको प्रबन्धकमा भिवोर क्यापिटल तोकिएको छ ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ भने २०% हकप्रद जारी गरेपछि पुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ग्रेड ३  रेटिङ दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको