Like us!
Follow us!
Connect us!
Watch us!

५० प्रहरी उपरीक्षकको सरुवा

शनिबार, १४ भदौ २०७६, ०० : २२ मा प्रकाशित

५०  प्रहरी उपरीक्षकको सरुवा

अर्थ संसार, काठमाडौं - नेपाल प्रहरीले शुक्रबार ५० प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीका सह–प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

 विभिन्न जिल्ला प्रदेश प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न कार्यालयका कार्यरत प्रहरी उपरीक्षकको सरुवा भएको जोशीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको