Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस्, भिडियोमा यूनाइटेड वल्र्ड ट्रेड सेन्टरको तीज मेला, आज अन्तिम दिन

मिलन खड्का

शनिबार, १४ भदौ २०७६, ०८ : ११ मा प्रकाशित

अर्थसंसार,काठमाडौं– मङ्गलबारदेखि राजधानीको राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड  सेन्टर (डिइसिसी नेपाल) मा भइरहेको ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ आज सकिदै छ।  

इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिका अनुसार नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको तीज मेलाको यो १२ औं संस्करणका लागि आयोजकमा विगतमा जस्तै डिइसीसी नेपाल रहेको छ ।

प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क विस्तार र व्यवसाय बृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।

मेलामा अन्तराष्ट्रिय स्टलहरु हुने भएकाले अवलोकनकर्ताहरुले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामानहरु सही मूल्यमा पाउनुहुनेछ ।

प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ ।

हेर्नुहोस् भिडियोमा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको