Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि हाइब्रिड फन्ड एल–१ को एनएभी घट्यो

अर्थ संसार

बुधबार, १८ भदौ २०७६, ०८ : ५२ मा प्रकाशित

एनएमबि हाइब्रिड फन्ड एल–१ को एनएभी घट्यो

अर्थ संसार, काठमाडौं- असार मसान्तको तुलनामा साउन मसान्तमा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य (एनएभी) शून्य दशमलव ९७ रुपैयाँ घटेको छ ।

असार महिनामा ११ दशमलव शून्य १ रुपैयाँ रहेको यस योजनाको एनएभी साउन महिनामा घटेर १० दशमलव शून्य ४ रुपैयाँमा सीमित भएको छ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाको कुल आय सो अवधिमा ३३ लाख २ हजार रुपैयाँ रहेको छ ।

साउन मसान्तसम्ममा योजनाको प्राप्त नभइसकेको आम्दानी ६ लाख ७० हजार ऋणात्मक रहेको छ भने प्राप्त भइसकेको आम्दानी ३ लाख ७६ हजार रहेको छ । सो अवधिसम्म यस योजनाले ३५ करोड १६ लाख ६ हजार सूचीकृत सेयरमा लगानी गरेको छ । यस योजनाको बैंक मौज्दात ५० करोड ३१ लाख ६० हजार रहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको