Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली स्वदेश फिर्ता :  स्वास्थ्यावस्था सामान्य

dibesh

शुक्रबार, २० भदौ २०७६, १६ : ०७ मा प्रकाशित

प्रधानमन्त्री ओली स्वदेश फिर्ता :  स्वास्थ्यावस्था सामान्य

अर्थ संसार, काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ । मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उहाँ यही भदौ ५ गते दोस्रो पटक सिङ्गापुर जानुभएको थियो । 

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत विशिष्ट व्यक्तिले स्वागत गर्नुभएको थियो ।  
    
    प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न केही दिनअघि सिङ्गापुर जानुभएका नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता वामदेव गौतम  पनि आजै स्वदेश फर्कनुुभएको छ । प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत जानुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्ने अवस्थामा रहनुभएको  उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले जानकारी दिनुभएको छ ।  डा. शाहले आज प्रेस वक्तव्य जारी गरी उहाँको स्वास्थ्यावस्था सामान्य रहेको  स्पष्ट गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया (प्लाज्मा फेरेसिस)  पूरा भएको वक्तव्यमा उल्लेख छ ।
    प्रधानमन्त्री ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न यही भदौ ५ गते सिंगापुरको नेशनल यूनिभर्सिटी हस्पिटल जानुभएको थियो । सिङ्गापुरबाट स्वास्थ्योपचार पूरा गरी उहाँ आज स्वदेश फर्कनुभएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको