Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डमा लगानी गर्ने हो ? १ अर्बको “सन्राइज फस्र्ट म्युचुअल फण्ड” बुधबारबाट बजारमा

मिलन खड्का

मंगलबार, ०७ असोज २०७६, १६ : ३५ मा प्रकाशित

म्युचुअल फण्डमा लगानी गर्ने हो ? १ अर्बको “सन्राइज फस्र्ट म्युचुअल फण्ड” बुधबारबाट बजारमा

म्युचुअल फण्डमा लगानी गर्ने हो ? १ अर्बको “सन्राइज फस्र्ट म्युचुअल फण्ड” बुधबारबाट बजारमा

काठमाडौं–सन्राइज क्यापिटलद्वारा व्यवस्थापन गरिने तथा सन्राइज बैंकद्वारा प्रवद्र्धन गरिएकोे “सन्राइज फस्र्ट म्युचुअल फण्ड” बुधबारदेखि निश्कासन हुने भएको छ । १० वर्षे बन्दमुखी योजनाको १० अकिंतदरको १०,००,००,००० (दश करोड) इकाई मध्ये १५ प्रतिशत अर्थात १,५०,००,००० इकाई कोष प्रबद्र्धक  सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई  सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला गरिनेछ ।

योजना ब्यवस्थापन गर्ने सनराइज क्यापिटलले केयर रेटिङ्ग बाट AMC ३ रेटिङ्ग प्राप्त गरेको छ । योजनाको कोष सुपरिवेक्षकमा पूर्व गृहसचिव श्री चण्डी प्रसादश्रेष्ठ, पूर्व डेपुटी गभर्नरश्री कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्ध संचालक  बुद्घि प्रसाद आचार्य, वरिष्ट न्यायधि वक्ता पूर्ण मान शाक्य तथा चार्टड एकाउन्टेण्ट सुधिर कुमार शर्मा गरी ५ जना विशिष्ठ अनुभव प्राप्त कोष सुपरिवेक्षकहरुको सुपरिवेक्षणमा संचालन हुनेछ ।

म्युचुअल फण्डमा लगानी गर्ने सोचमा हुनुहुन्छ? म्युचुअल फण्ड के हो र यसमा लगानी गर्दा के फाईदा ? एक जानकारी 

योजना ब्यवस्थापकले वृहत अध्ययन तथा विश्लेषणको आधारमा इकाई बिक्रीबाट संकलित रकम दक्षता पूर्वक योजनाले तोकेको लगानी क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित ब्यवस्थापन गरी उच्च प्रतिफल दिई लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित गर्नेछ । सन्राइज फस्र्ट म्युचुअल फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ ।

शेयर बजारमा हुने उतार चढावबाट सिर्जना हुने जोखिमको न्युनिकरणको लागि सामूहिक लगानी कोषको योजनामा लगानी गर्नु उचित रहने योजना ब्यवस्थापकको धारणा रहेको छ । व्यक्तिहरु एवं विभिन्न संस्थाहरुले यस योजनाको इकाईमा लगानी गरि धितोपत्र बजारबाट प्राप्त हुने लाभलिन सकिने छ । निष्काशन गरिएको इकाईहरु बाँडफाँड गरे पश्चात दोश्रो बजारमा कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडममा सूचिकृत तथा सि.डि.एस. एण्ड क्लियरिङ्ग लिमिटेडमा दर्ता गरी कारोबार गर्ने ब्यवस्था गरिने छ ।
 
यस योजनाको इकाई मा आवेदन गर्नका लागिे आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा (ASBA) प्रणाली अन्तर्गत साथै मेरो शेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सकिने ब्यवस्था छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुले मिति २०७६ आश्विन ८ गते देखि अन्तिम मिति २०७६ कार्तिक ०७गते सम्म आवेदन दिने ब्यवस्था गरिएकोे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको