Like us!
Follow us!
Connect us!
Watch us!

म्युचुअल फण्डमा लगानी गर्ने सोचमा हुनुहुन्छ? म्युचुअल फण्ड के हो र यसमा लगानी गर्दा के फाईदा ? एक जानकारी

मिलन खड्का

मंगलबार, ०३ भदौ २०७६, १२ : ४७ मा प्रकाशित

म्युचुअल फण्डमा लगानी गर्ने सोचमा हुनुहुन्छ? 
म्युचुअल फण्ड के हो र यसमा लगानी गर्दा के फाईदा ? एक जानकारी

म्युचुअल फण्ड भनेको के हो ? 

पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र धैरै  साना साना लगानीकर्ताहरु  सामूहिक रुपमा मिलेर  लगानीको मुनाफा तथा जोखिम वहनका लागि स्थापित  संकलित कोष नै म्युचुअल फण्ड हो 
 
नेपालमा म्युचुअल फण्डलाई व्यवस्थापन गर्न धितोपत्रबोर्डले म्युचुअल फण्ड नियमावली २०६७, म्युचुअल फण्ड निर्देशिका २०६९ बाट निर्देशन गर्दै आएको छ । म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युुचुअल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड र ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् । यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरुलाई वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । 
 

म्युचुअल फण्डका फाईदा 

  • एक हजार रुपैयाँ देखि लगानी गर्न सकिने ( इकाई मूल्य १० रुपैयाँ आधार मानेर बिक्री )

  • पारदर्शी हुने, न्युन कारोबार शूल्क र सानै स्रोतबाट लगानी गर्न सकिने

  • लगानीको विविधिकरण र कर छुट सुविधा

  • दोस्रो बजारमा सहज रुपमा खरिद बिक्री गर्न सकिने 

  • मर्चेट बैंकहरु अन्तर्गत सञ्चालन 

  • कम जोखिम

  • दीर्घकालिन लगानी

  • दोश्रो बजारको विषयमा राम्रो ज्ञान नभएका लगानीकर्ताहरुका राम्रो विकल्प

 

म्युचुअल फण्डका प्रकारहरु

संरचनागत रुपमा म्युचुअल फण्ड दुई प्रकारका हुन्छन्  


खुल्लामुखी म्युचुअल फण्डः

खुल्लामुखी म्युचुअल फण्डमा सञ्चालन अवधिको समयसीमा निर्धारण गरिएको हुदैन । यस प्रकारको फण्डका इकाईको दोस्रो बजारमा कारोबार हुँदैन ।यस्तो कोषलाई यति नै ईकाई जारी गर्नुपर्छ भन्ने रोकावट वा नियम नहुने हुँदा मागको आधारमा जति ईकाई पनि जारी गर्न सकिन्छ भने ईकाईधारीहरुको बेच्न चाहेमा कोषले नै किन्न पनि सक्ने हुन्छ । यस्तो फण्डमा माग गरे अनुसारको इकाईमा अझै थप गरी कारोबार गर्न सकिन्छ । यस्ता फण्डले बिक्री गर्ने इकाईको निश्चित संख्या पनि हुँदैन । नेपालमा  यस्तो किसिमका फण्डहरु सञ्चालनमा आएका छैनन् । 

बन्दमुखी म्युचुअल फण्डः

बन्दमुखी म्युचुअल फण्ड सञ्चालन अवधि तोकिएर सञ्चालनमा आउँछ । सर्वसाधारणमा इकाई निष्काशन गर्दा नै उक्त फण्ड कति समयका लागि सञ्चालन हुने भन्ने तोकिएको हुन्छ । सर्वसाधारणमा प्रति इकाई १० रुपैंयाका दरले इकाई निष्काशन हुन्छ । सर्वसाधारणमा इकाई निष्काशन भए पछि दोस्रो बजारमा कारोबारका लागि फण्डका इकाईहरु सूचीकरण गराइन्छ ।यस प्रकारको फण्डमा साधारणतया ५ बर्ष देखि १५ बर्षको अवधि तोकिएको हुन्छ । नेपालको सन्दर्भमा धेरै फण्डहरु ७ वर्ष अवधिको समयका लागि सञ्चालनमा छन् ।

 

5cb7f66f8c7c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको