Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो बम्पर लाभांस, बोनस र नगद कति ?

अर्थ संसार

मंगलबार, १४ असोज २०७६, ११ : २० मा प्रकाशित

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो बम्पर लाभांस, बोनस र नगद कति ?

अर्थ संसार, काठमाडौं–  ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । 

बैंकको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले १२.५ प्रतिशत बोनस सेयर तथा त्यसमा लाग्ने कर सहित १२.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जरमा जाने निर्णय गरेका छन् । यसअघि जनता बैंकले ६ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो ।

ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ  ।

कूल १२९ अर्ब निक्षेप, १२१ अर्ब कर्जा लगानी रहेको बैंकको हाल १४७ वटा शाखाहरु, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १४८ एटिएम, तथा १८९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको