Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनएको नयाँ कार्यासमिति चयन, कोको भए निर्वाचित ? (नामसहित)

अर्थ संसार

शुक्रबार, ०१ कार्तिक २०७६, १६ : ०५ मा प्रकाशित

एनआरएनएको नयाँ कार्यासमिति चयन,  कोको भए निर्वाचित ?  (नामसहित)

अर्थ संसार, काठमाडौं–गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं अधिवेशनका लागि भएको निर्वाचनमा प्रगतिशील समूहका कुमार पन्त अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

लोकतान्त्रिक समूहका कुल आचार्यलाई पछि पार्दै पन्त निर्वाचित हुनुभएको हो । पन्त समूहबाट महासचिव, सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारी निर्वाचित भएको बताइएको छ । अन्य निर्वाचित पदाधिकारीको नाम भने सार्वजनिक भएको छैन ।

हिजो भएको मतदानमा २३ सय ४४ मत खसेको छ। निर्वाचन आयोगद्धारा दिएइको जानकारी अनुसार ९२ प्रतिशत अर्थात २३ सय ४४ मतदान भएको थियो । जम्मा मतदाता सख्या २६ सय १३ रहेका थिए ।  मतपरिणाम अनुसार मतदान ४२ पदका लागि भएकोमा निर्वाचनमा एक सय २ ले उम्मेदवारी दिएका थिए ।

कुन प्यानलबाट को को निर्वाचित

प्रगतिशील समूह
अध्यक्ष–कुमार पन्त
उपाधायक्ष– डा.वद्री केसी
उपाध्यक्ष–अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष–सोनम लामा
महासचिव–हेमराज शर्मा
सचिव– गौरी जोशी
सचिव– आरके शर्मा
कोषाध्यक्ष –महेशकुमार श्रेष्ठ
सहकोषाध्यक्ष–लोकप्रसाद दाहाल
महिला संयोजक -भुमा लिम्बू

लोकतान्त्रिक प्यानल

उपाध्यक्ष–मन केसी
महिला उपाध्यक्ष– रविना थापा

5da993d0637bd.jpg 5da993ffccf18.jpg 5da9941f8b939.jpg 5da9943d7cebe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको