Like us!
Follow us!
Connect us!
Watch us!

चुनावको मिति आज घोषणा होला त ?

सोमबार, ०९ फागुन २०७३, १२ : ३१ मा प्रकाशित

चुनावको मिति आज घोषणा होला त ?

अर्थ संसार
काठमाडौं– लामो समयदेखि चुनाव घोषणा पहिला कि संविधान संशोधन पहिला भन्ने विषयमा अल्झिएको सरकारले (आज) सोमबार स्थानीय चुनावको घोषणा गर्ने भन्दै हिडिरहेको छ । के यो सरकारले आज मिति घोषणा गर्छ त ? नेपाली जनतालाई अहिले चासोको विषय बनेको छ । 

चुनवा घोषणा गर्दा मधेसी मोर्चा रिसाउने नगर्दा सरकार धरापमा पर्ने अवस्थामा पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार  छ । तर  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन् । 

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १३ औँ वार्षिक साधारणसभालाई  सम्बोधन गर्दै  चुनावको मिति घोषण गर्ने बताएका हुन् । साथै संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको प्रधानमन्त्रीको तर्क छ । 

प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको छ बताए । 

मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्नुभयो । 

यो पनि पढ्नुहोस्

युनाइटेड मोदी हाइड्रोपावरको १७ लाख २५ हजार कित्ता सेयर साधारण शेयर बजारमा आउँदै 

युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायत आधा दर्जन भन्दा बढी कम्पनीमा कर्मचारी आवश्यकता (विज्ञापनसहित) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको