विश्व ट्रेड युनियन आन्दोलन खासगरी दोस्रो विश्व युद्धपछि सङ्गठित तबरले अगाडि बढेको छ । विश्वका श्रमिकहरुको मूलधारको रुपमा सन् १९४५ मा विश्व ट्रेड युनियन महासंघ (डव्लु.एफ.टि.यू.) को स्थापना भयो तर पुँंजीवादीहरुले श्रमिकहरुको मूलधारका रुपमा रहेको डव्लुएफटियू लाई साझा थलो बनाउन चाहेनन् र अन्ततः विभाजित गरेर अन्तर्राष्ट्रिय टे«ड युनियन केन्द्रको रुपमा आईसीएफटियू गठन गरे । र सन् २००६ मा क्रिश्चियनहरु सम्वद्ध वल्र्ड क्रिश्चियन लेवर (डव्लुसीएल) र आईसीएफटियूको वीच मर्ज गरेर आईटियूसी गठन भएको छ ।
यसरी ७० वर्षका बिचको अन्तर्राट्रिय ट्रेड युनियन आन्दोलनलाई नियाल्दा २ लाइनको विचारलाई प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय केन्द्रहरु क्रियाशील रहेका छन् । पहिलो प्रगतिशील र समाजवादी विचार पक्षघर श्रमिकहरु जसले श्रमिकहरुको हितका लागि समाजवादलाई लक्ष्यका रुपमा आत्मसात् गर्ने गर्दछन् ।
यी सबै डव्लुएफटियूमा आवद्ध रहेका छन् । दोस्रो, आफूलाई सोसल डेमोक्रेट विचार पक्षधरका रुपमा चिनाउने सारमा पुँंजीवादी विचारको पक्ष पोषण गर्ने ट्रेड युनियनहरु आईटियूसीमा आवद्ध रहेका छन् । यसरी विश्वमा दुई विचार अंगालेका अन्तर्राष्ट्रिय केन्द्रहरु क्रियाशील रहेका छन् ।
भूमण्डलीय पुँंजीवादले अख्तियार गरेको श्रमिक विरोधी आर्थिक नीतिका कारण विश्वका श्रमिकहरु प्रताडित बनि रहेको वेला डव्लुएफटियूले स्थापनाकाल देखि नै फाँसीवाद, साम्राज्यवाद र उपनिवेशवादको विरोध गर्दै आएको छ । साम्राज्यवादले संचालन गरेको हत्या, हिंसा, आतङ्कको विरोध गर्दै विश्वमा शान्तिका लागि अभियान संचालन गरेको छ ।
श्रमिकहरुको टे«ड युनियन अधिकारका लागि अन्तर्राष्ट्रिय अभिसन्धी पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । डव्लुएफटियूले श्रमिक पक्षीय ट्रेड युनियन आन्दोलनको स्प्रिट अनुसार सञ्चालन गरेको सङ्घर्ष र आन्दोलनले विश्वका प्रगतिशील र श्रमिक पक्षधर ट्रेड युनियनहरु डव्लेएफटियूमा आवद्ध हुने क्रम बढ्दो छ ।
आईएटियूसीले विश्व पुँजीवादले अख्तियार गरेको श्रमिक विरोधी नीतिको खुलेर विरोध र सङ्घर्ष आन्दोलन सञ्चालन गर्न चाहँदैन उल्टै युरोपियन पुँंजीवादी मुलुकका सरकारहरुबाट हरेक वर्ष करोडौं डलरको आर्थिक सहयोगमा विभिन्न गोष्ठी, सेमिनार आदि सञ्चालन गर्दै आएको सार्वजनिक भएको छ ।
अझ अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाबाट ट्रेड युनियन गतिविधिका नाममा अनेकन परियोजनाहरु सञ्चालन गरी ट्रेड युनियन आन्दोलनलाई वर्ग समन्वयकारी धारमा लगेर कमजोर बनाउने गतिविधि अगाडि बढाएको छ । अमेरिकी साम्राज्यवाद र नाटो देशका सरकारहरुले इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरिया, लगायतका देशमा सैनिक हस्तक्षेप र आक्रमण गरिरहेको छ युद्ध र हतियार खरिदका नाममा खरबौं खरब डलर खर्च भइरहेको छ ।
युद्धबाट करौडौं श्रमिक प्रताडित भएका छन् तर आईटियूसीले कुनै प्रतिक्रिया जनाउदैन । आईटियूसीका यस किसिमका गतिविधिले सारमा साम्राज्यवादको सेवा गर्ने काम गरेको छ । ट्रेड युनियनहरुलाई साम्राज्यवादले कसरी भ्रष्टीकरणको दिशामा लैजान्छ भन्ने बारेमा लेनिनले यसरी उल्लेख गर्नु भएको छ ।
“साम्राज्यवादले मजदुर वर्गको माथिल्लो सङ्गठनका नेताहरुलाई अतिरिक्त सुविधाको घुस दिएर साम्राज्यवादको समर्थक बनाइन्छ वा साम्राज्यवादको विरोधमा बोल्न नसक्ने बनाइन्छ ।” विश्व ट्रेड युनियन आन्दोलनभित्र अवसरवादी प्रवृत्ति अर्काे चुनौतीको विषय बनेको छ । आफुलाई प्रगतिशील भन्ने कतिपय ट्रेड युनियनहरु पनि आईटियूसीमा आवद्ध भएर साम्राज्यवाद र पूँजीवादीहरुका गतिविधिलाई सहयोग पुर्याउने काम गरेका छन् ।
आईटियूसीका गतिविधि पुँंजीवादलाई सहयोग पुर्याउने र ट्रेड युनियन आन्दोलनलाई वर्ग संघर्षबाट विमुख वनाउँदै पुँजी, सरकार र रोजगारदातासँग समन्वय र सहकार्य गर्ने वर्ग समन्वयवादीनीति अवलम्बन गरेको छ । विश्वमा सञ्चालन भएका साम्राज्यवाद विरोधी आन्दोलन र ऐक्यवद्धता अभियानको आईटियूसीले विरोध गर्ने गर्दछ या मौनता साँध्ने गरेको छ ।
अमेरिकी साम्राज्यवादले आतङ्कवादलाई नियन्त्रण गर्ने नाममा सञ्चालन गरेको युद्धको विरोध र युद्धबाट पीडित करोडौँ श्रमिक र तिनका परिवारका पक्षमा अहिलेसम्म आवाज उठाउन सकेको छैन । आईटियूसीको यस्तो वर्ग समन्वयवादी पुंँजीवादी परस्त नीतिको स्वयं आईटियूसीभित्र विरोध भएको छ । हालसालै आईटियूसीका उपाध्यक्ष तथा भारतीय ट्रेड युनियन कँग्रेसका अध्यक्ष संजीव रेड्डीले त खुलेर आईटियूसीको श्रमिक विरोधी गतिविधिहरुको विरोध गरेका छन् ।
यसरी विश्व टे«ड युनियन आन्दोलनमा विद्यमान प्रवृत्ति स्पष्टतः दुई खाले बाटोलाई नेतृत्व गरिरहेको छ, पहिलो प्रगतिशील र साम्राज्यवादी विचार पक्षधर केन्द्रले साँचो अर्थमा वर्ग संघर्षका माध्यमबाट श्रमिक वर्गको काम र जीवनलाई मर्यादित वनाउने दिशामा भूमिका निर्वाह गरिरहेको छ, दोश्रो सोसल डेमोक्रेट विचार पक्षधर केन्द्रले वर्ग समन्वयवादी धार लिदैँ पूँजीवादी सँग सम्झौता परष्ट नीति अख्तियार गरेको छ । यही समन्वयवादी धारका कारण विश्वका श्रमिकहरुले अनेकन चुनौती व्यहोरिरहेका छन् ।
श्रमिकहरुको हकहितका लागि अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलो )बाट थुप्रै अभिसन्धिहरु पारित गरी न्यूनतम श्रम मापदण्ड तय गरेको छ, तर आईएलोको सदस्य राष्ट्रहरुबाट यी अभिसन्धिहरु अझै पारित हुन सकेको छैनन् । यस सन्दर्भमा श्रमिक पक्षीय अभिसन्धिहरुको अनुमोदन कार्यान्वयन गर्ने विश्वव्यापी अभियानलाई सङ्गठित तबरले अगाडि बढाउने खाँचो रहेको छ ।
नव उदारवादका नाममा विश्वव्यापीकरण बनेको पुँजीवाद अहिले आफै सङ्कटग्रस्त बनेको छ । यतिखेर पुँजीवादको विकल्प समाजवादको नारा विश्वव्यापी रुपमा गुञ्जायमान भइरहेको छ । अतः श्रमजीवी वर्गको हित र मानवतावादको सुरक्षाका लागि समाजवादको ध्येय र लक्ष्यका साथ विश्व ट्रेड युनियन आन्दोलनलाई वैचारिक अभियानलाई तीव्र रुपमा अगाडि बढाउन जरुरी छ ।
विश्व साम्राज्यवाद र पुँंजीवादले अख्तियार गरेको नव उदारवादी अर्थनीतिले श्रमिकहरुको ट्रेड युनियन अधिकार कटौती गरेको छ । यसले गर्दा ट्रेड युनियन घनत्व विकसित वा अविकसित मुलुकमा अत्यन्तै न्यून रहेको छ । अतः असङ्गठित अवस्थामा रहेका करौडाँै श्रमिकहरुलाई ट्रेड युनियनभित्र सङ्गठित गर्ने विश्वव्यापी खाँचो रहेको छ ।अन्तर्राष्ट्रिय श्रम सङ्गठनबाट पारित भएका न्यूनतम श्रम मापदण्ड सम्बन्धी अभिसन्धिहरु पारित गर्न हरेक देशमा अभियान सञ्चालन गर्न अन्तर्राष्ट्रिय स्तरबाट पहल गर्नु आवश्यक छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा सरकार, रोजगारदाता र श्रमिकवर्गको प्रतिनिधित्व हुने, त्रिपक्षीय अन्तर्राष्ट्रिय स्तरको संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत निकाय भएको हुँदा श्रमिक वर्गका तर्फबाट समानुपातिक प्रतिनिधित्व गराउने माग र दवाबलाई विश्वव्यापी रुपमा अभियानका रुपमा सञ्चालन गर्नु आवश्यक छ ।
विश्व साम्राज्यवादले युद्ध र हतियार खरिदका नाममा खरबौं खरब डलर खर्च गरी विश्वमा युद्ध र आतङ्क मच्चाई श्रमजीवी वर्गको रोजगारी, जीवनयापन, स्वास्थ्य र सुरक्षामा गम्भीर प्रकारको चुनौती खडा गरि रहेको हुँदा विश्वव्यापी रुपमा साम्राज्यवाद विरोधी आन्दोलनको अभियान सञ्चालन गर्नु आवश्यक छ ।
नव उदारवादी पुँंजीवादी अर्थनीतिका कारण विश्वव्यापी रुपमा बढ्दै गएको श्रमशोषण, श्रमिक कटौती, सेवा असुरक्षा, न्यून तलबका विरुद्ध देशगत रुपमा सरकारहरु समक्ष श्रमजीवी वर्गको आधारभूत अधिकारका रुपमा रहेको शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी, आवास, यातायात क्षेत्रका सेवाहरुलाई निजीकरण र व्यापारीकरण गर्ने नीतिको अन्त्य गरी राज्यबाट सरल र सबल ढङ्गले प्रदान गर्ने, उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी वृद्धि तथा सार्वजनिक उद्यमहरुको संरक्षण, विकास र विस्तारको माग राखी विश्वव्यापी अभियान सञ्चालन गर्ने चुनौती रहेको छ ।
ट्रेड युनियन आन्दोलनमा हुर्किएको अवसरवाद, वर्ग समन्वयवाद र करियरइजमका विरुद्ध दृढतापूर्वक विश्वव्यापी रुपमा वैचारिक सङ्घर्ष गर्दै माक्र्सवादको आलोकमा श्रमिक पक्षीय टे«ड युनियन आन्दोलनको विकास गर्ने चुनौती रहको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस