Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्तरका विकास बैंकको वित्तीय अवस्था - २ वटाको नाफा अर्ब क्लबमा, दुई वटाको घट्यो

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १५ : ४२ मा प्रकाशित

राष्ट्रिय स्तरका विकास बैंकको वित्तीय अवस्था - २ वटाको नाफा अर्ब क्लबमा, दुई वटाको घट्यो

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफामा सुधार देखिएको छ । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा २२.०१ प्रतिशतले बढेको हो । 

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा विकास बैंकहरुले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुको नाफा ४ अर्ब ५९ करोड ६२ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।  सार्वजनिक वित्तीय विवरण अनुसार ८ वटा विकास बैंकहरुमध्ये ६ वटाको नाफा बढेको छ भने दुई वटाको नाफा घटेको छ ।

राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, साईन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको नाफा बढेको छ । लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षमा सबै भन्दा धेरै नाफा आर्जन गर्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ भने सबै भन्दा धेरै नाफा वृद्धि गर्नेमा गरिमा विकास बैंक रहेको छ । गत आर्थिक वर्षमा मुक्तिनाथ विकास बैंकले १ अर्ब ५३ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३०.८० प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा यो बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । 

गत आवमा सबै भन्दा धेरै नाफा वृद्धि गर्न सफल विकास बैंकको शीर्ष स्थानमा रहेको गरिमा विकास बैंकले गत आवमा १ अर्ब ३१ करोड भन्दा बढीको नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा २०१.९७ प्रतिशतले धेरै हो । यो बैंकले अघिल्लो आवमा ४३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा नाफा वृद्धि गरेको अर्को विकास बैंकको हो साइन रेसुङ्गा । यो बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा ०.४८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आर्थिक वर्षमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा यो बैंकको नाफा ६८ करोड ५३ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा सांग्रिला डेभलपमेन्ट बैंकले ६.५१ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो बैंकले गत आवमा ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो आवमा भने ५० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै यो अवधिमा कामना सेवा विकास बैंकको नाफा ९.१९ प्रतिशतले वृद्धि भएको छ । यो बैंकले गत आवमा ६३ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले अघिल्लो आवमा ५८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

गत आर्थिक वर्षमा महालक्ष्मी विकास बैंकले ५० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको भन्दा १.२६ प्रतिशतले बढी हो । यो बैंकले अघिल्लो आर्थिक वर्षमा ५० करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा लुम्बिनी र ज्योति विकास बैंकको नाफा भने घटेको छ ।गत आर्थिक वर्षको अन्तिमसम्ममा लुम्बिनी विकास बैंकले ३७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३०.१३ प्रतिशतले कम हो । यो बैंकले अघिल्लो आवमा ५४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  त्यस्तै गत आवमा ज्योति विकास बैंकको नाफा ९२.७४ प्रतिशतले घटेर १ करोड २३ लाख रुपैयाँमा झरेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षमा १७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको