Like us!
Follow us!
Connect us!
Watch us!

नाफा बढेपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका मुख्य सूचकमा गिरावट, खराब कर्जा बढ्यो

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, ०७ : ३३ मा प्रकाशित

नाफा बढेपनि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका मुख्य सूचकमा गिरावट, खराब कर्जा बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरे पनि, बैंकको प्रमुख आम्दानी स्रोत भने कमजोर बनेको छ। खुद ब्याज आम्दानी अघिल्लो वर्षको १५ अर्ब ११ करोड ६९ लाख रुपैयाँबाट ६.५४ प्रतिशत घटेर १४ अर्ब १२ करोड ८१ लाख रुपैयाँमा सीमित भएको हो। 


सञ्चालन आम्दानी र नाफा संरचना
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.७३ प्रतिशत घटेर १७ अर्ब ६४ करोड १९ लाख रुपैयाँमा पुगेको छ। यद्यपि खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशत बढेर २ अर्ब २० करोड ३२ लाख रुपैयाँ पुगेको छ, ब्याज आम्दानीको गिरावट र अन्य आम्दानी स्रोतमा देखिएको स्थिरताले कुल वृद्धिलाई रोक्यो। सञ्चालन नाफा भने ५८.६६ प्रतिशतले बढेर १० अर्ब १४ करोड २७ लाख रुपैयाँमा पुगेको छ।


लाभांश वितरण क्षमतामा सीमितता
गत वर्ष बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख रुपैयाँ मात्र रह्यो, जसको आधारमा लाभांश वितरण क्षमता १.३३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष बैंक ऋणात्मक ५ अर्ब ६९ करोड रुपैयाँ वितरणयोग्य नाफामा रहेको थियो, जसबाट लाभांश दिने अवस्था नै थिएन। वर्तमान वर्षमा पनि लाभांश दिने क्षमता न्यून रहनु लगानीकर्ताका लागि निराशाजनक संकेत हो।


खराब कर्जामा वृद्धि, सम्पत्ति गुणस्तरमा दबाब
बैंकको एनपीएल अनुपात अघिल्लो वर्षको ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशतमा पुगेको छ। यसले बैंकको ऋण व्यवस्थापनमा जोखिम बढेको देखाउँछ।


निक्षेप र कर्जा विस्तार, तर सीडी रेसियो घट्यो
गत असारसम्ममा बैंकको निक्षेप १७ प्रतिशत बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने कर्जा १८ प्रतिशत बढेर ३ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँमा पुगेको छ। तर, निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) अघिल्लो वर्षको ७९.२२ प्रतिशतबाट घटेर ७४.४४ प्रतिशतमा झरेको छ ।


प्रतिसेयर सूचकमा मिश्रित तस्वीर
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको १२.०४ रुपैयाँबाट बढेर १९.८० रुपैयाँमा पुगेको छ। प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ छ भने मूल्य–आम्दानी अनुपात ११.६७ गुणामा स्थिर छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको