Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावर कम्पनीले एक आवमा कमायो २२ करोड माथिको नाफा, अन्य सूचक कस्ता ?

अर्थ संसार

विहीबार, २९ साउन २०८२, ११ : ३३ मा प्रकाशित

बुटवल पावर कम्पनीले एक आवमा कमायो २२ करोड माथिको नाफा, अन्य सूचक कस्ता ?

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २२ करोड माथिको नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको हो ।

कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीले अघिल्लो आर्थिक वर्षको भन्दा १६.५८ प्रतिशतले नाफा वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनिले १९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा २३.९२ प्रतिशत बढेको छ भने अन्य आम्दानी ६.७४ प्रतिशत घटेको छ । 

कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा २४.३४ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९४ पैसा बढेर ६ रुपैयाँ ६३ पैसा पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात १४४.३९ गुणा रहेको छ । ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६८ करोड २४ लाख रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको