माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा कुल २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडिएसका अनुसार, उक्त आईपीओमा २३ लाख २५ हजार २५६ जना आवेदकले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन्।
यसमध्ये १ लाख २४ हजार ८९० जना आवेदकले १०/१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्, भने तीमध्ये चार जनाले ११ कित्तासम्म सेयर हात पार्नेछन्। करिब २२ लाख आवेदकको हात रित्तो पर्ने सम्भावना देखिएको छ ।
कम्पनीले गत असार १ गते प्रति सेयर १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनीले अब बाँकी १३ लाख ५४ हजार २३५ कित्तामध्ये सामूहिक लगानी कोषका लागि ७५ हजार २३६ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि ३० हजार ९५ कित्ता सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस