अर्थ संसार, भक्तपुर-चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्था लगायतलाई आउँदो २२ गते सार्वजनिक बिदा दिइने घोषणा गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।
विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर चार नारायणमध्येको जेठो नारायणका रुपमा रहेको र एकादशीको दिन चाँगुनारयण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको उहाँले बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस