Like us!
Follow us!
Connect us!
Watch us!

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

मिलन खड्का

विहीबार, २१ कार्तिक २०७६, १७ : ३५ मा प्रकाशित

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

अर्थ संसार,काठमाडौं-जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ ।

आज एक समारोहका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुंवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडी स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।

क्याम्पसमा हाल छात्र÷छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. हमालको अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बि.एड. कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि ब्यबस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको छ ।   

सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको यस बैंकले देशका विभिन्न क्षेत्रमा स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखि सामाजिक कार्यहरु गर्दै आएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको