Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको लाभांश घोषणाले शेयरधनी दङ्ग, नगद र बोनस शेयर कति ?

अर्थ संसार

सोमबार, २५ कार्तिक २०७६, १८ : ४२ मा प्रकाशित

एनएमबी बैंकको लाभांश घोषणाले शेयरधनी दङ्ग, नगद र बोनस शेयर कति ?

अर्थ संसार, काठमाडौं– एनएमबी बैंकले आफ्ना शेयरधनीलाई कूल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २१ प्रतिशत शेयर लाभांश प्रदान गर्ने भएको छ । त्यस आधारमा कूल दुई करोड ४२ लाख १२ हजार ४५७ कित्ता शेयर प्रदान गरिनेछ ।
    
यस्तै कर प्रयोजनका लागि भने नगद लाभांश प्रदान गर्न लागिएको छ । कूल १४ प्रतिशत नगद लाभांश अर्थात रु एक अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९ वितरण गर्ने प्रस्ताव गरिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वकिृत तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ । बैंकको हाल चुक्ता पूँजी रु ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको