Like us!
Follow us!
Connect us!
Watch us!

‘पिक एण्ड ड्रप’ कों प्रभावकारिता न्यून, जामको समस्या ज्यूँको त्यूँ

मिलन खड्का

बुधबार, २७ कार्तिक २०७६, १२ : ०९ मा प्रकाशित

‘पिक एण्ड ड्रप’ कों  प्रभावकारिता न्यून, जामको समस्या ज्यूँको त्यूँ

– शर्मिला पाठक

अर्थ संसार, काठमाडौं – काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । 

काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो ।  

कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या ज्यूँको त्यूँ देखिन्छ ।  आफ्नो गन्तव्यमा पुग्न लामो समयसम्म कुरेर बस्नुपर्दा यात्रुलाई पनि सास्ती र चालकले पनि लामो समय एकै स्थानमा बिताउँदा ट्राफिक जामसँगै समयको बर्बाद हुने हुदा कामपाले यस किसिमको व्यवस्था गरेको थियो । 

‘पिक एण्ड ड्रप’ कार्यक्रमले जामको समस्या कम भएको छ ।  यसको पूर्णरूपमा कार्यान्वयन हुनका लागि समय लाग्ने कामपाको प्रवक्ता ईश्वरमान डङ्गोल बताउनुहुन्छ ।  काठमाडौँको मुटु मानिने यस क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु कुरेर लामो समयसम्म बस्दा सवारीको पर्खाइमा बसेका यात्रु, पैदलयात्रु र वातावरणसमेत प्रदूषित हुने भएकाले यस किसिमको व्यवस्था गरिएको डङ्गोलको भनाइ छ ।   

कार्यक्रम लागू भएपछि  त्रिपुरेश्वरदेखि सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायतका स्थानमा सवारी जाम कम भएको पनि प्रवक्ता डङ्गोलको दाबी छ । नियमको पालना नगर्ने चालक वा सहचालकलाई कारवाही गर्ने जनाए पनि उनीहरूले इमान्दारीपूर्वक पालना गरेकाले अहिलेसम्म कोही पनि कारवाहीमा नपरेको पनि महानगरले बताएको छ ।

काठमाडौँ उपत्यकाभित्रै सञ्चालन हुने लामो तथा छोटो दूरीको सवारी साधन यी स्थानमा लामबद्ध हुँदा पैदलयात्रुलाई समेत समस्या भएको यात्रुको गुनासो छ । यात्रु हिँड्ने स्थानहरुमा पनि सवारी नै रोकेर राखेको हुन्छ । कार्यक्रम शुरुआतीको चरणमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो व्यवस्था काठमाडौँ उपत्यकाको अन्य स्थानमा पनि लागू गर्ने जनाए पनि शुरु गरेको स्थानहरुमा समेत प्रभाकारी कार्यान्वयन हुन नसक्दा यसतर्फ ध्यान जानसकेको छैन ।
 
काठमाडौँमा कलङ्की, बालाजुचोक, चावहिल चोक, कोटेश्वर सातदोबाटो, माइतीघर थापाथलीलगायतका स्थानमा आवतजावत गर्दा नागरिकले जामको समस्या भोग्नु नौलो होइन । हरेक दिन घण्टाँै जाम खेपेर नागरिक आफ्नो कामकाज धान्न बाध्य भएका छन् ।  त्यति मात्रै कहाँ हो र धेरै स्थानमा पैदलयात्रुका लागि बाटो काट्न आकाशे पुल छैनन् भने भएका जेब्राक्रसिङ पनि स्पष्ट देखिँदैन ।  

गत साउनमै कामपाले आठ स्थानमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने तयारी गरे पनि उक्त कार्यले अहिलेसम्म गति लिनसकेको छैन । कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपालाई आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्ने अधिकार छ । त्यसभन्दा माथिका सडकमा काम गर्न सडक विभागसँग सहकार्य गरेर काम गर्नुपर्दछ । 

कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको