अर्थ संसार, काठमाडौं– अर्थ मन्त्री डा. युवराज खतिवडाले अहिले नेपालमा व्यवसाय संचालनका लागि उपयुक्त बातावरण बनेकोले बैंकका ऋण निवेदनको  चाङ्ग लागेको बताउँदै बैंकहरुलाई ऋण निवेदनको  लिष्ट आफूलाई दिन समेत आग्रह गरेका छन् ।
कामना सेवा विकास बैंक काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रीय कार्यालय बुधबार  उद्घाटन गर्दै मन्त्री खतिवडाले  पुष मशान्तभित्र बैंकिङ सेवा नपुगको स्थानीय तहमा तत्काल पुर्याउन राष्ट्रबैंकलाई  निर्देशन दिएका छन् ।
अझै १९ वडा स्थानीय तहमा बैंकिङ सेवा पुगेको छैन, आफू अर्थमन्त्रीको हुँदा ७५३ स्थानीइ तहमध्ये ३६५ स्थानीय तहमा मात्रै बैंकको रहेको सम्झदै आफ्नो ठूलो प्रयासपछि बैकिङ सेवा विस्तार भएको बताए ।
सवै स्थानीय तहमा राज्यबाट कम्पतीमा साढे ६ करोड बजेट विनियोजित हुनेभएकाले उक्त रकम परिचालन गर्न समेत बैंकको आवश्यकता पर्ने भएकाले बैक विस्तारमा राज्य लागेको बताए ।
हेरौं, भिडियो
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस