Like us!
Follow us!
Connect us!
Watch us!

बङ्गलादेशका राष्ट्रपतिको पोखरा भ्रमणलाई यस्तो छ तयारी

मिलन खड्का

बुधबार, २७ कार्तिक २०७६, १४ : ३६ मा प्रकाशित

बङ्गलादेशका राष्ट्रपतिको पोखरा भ्रमणलाई यस्तो छ तयारी

अर्थ संसार, रुपाकोट- नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ ।

 पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो ।

बङ्गलादेशका राष्ट्रपति माइतीघर पुग्दा जे देखियो..

उहाँका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ गाउँपालिकाको प्रवेशद्वार खोलाको छेउ, रुपाकोट रिसोर्ट प्रवेशद्वारमा आकर्षक एवं भव्य स्वागतद्वार निर्माण गरिएको छ ।

स्वागतकै लागि गुरुङ जातिको झाँकी, दलित समुदायका तर्फबाट पञ्चेबाजा, नेवार समुदायका तर्फबाट लाखे र मारुनी नृत्य प्रदर्शनको तयारी गरिएको छ ।

रुपाकोटामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि एवं स्थानीयवासीले स्वागत गर्नुहुने उहाँले जानकारी  दिनुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको