Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकद्धारा ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग

अर्थ संसार

बुधबार, २७ कार्तिक २०७६, १७ : २३ मा प्रकाशित

कुमारी बैंकद्धारा  ज्ञान ज्योति आधारभूत विद्यालयलाई सहयोग

अर्थ संसार, काठमाडौं– कुमारी बैंकले लामाटार, ललितपुरस्थित  ज्ञान ज्योति आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई एक लाख बराबरका शैक्षिक सामाग्री, न्यानो ट्रयाक सुट, टिफिन बक्स तथा स्कुल ब्यागहरू हस्तान्तरण गरेको छ ।

बैंकलाई अर्थमन्त्रीको आग्रह–ऋण निवेदनको लिष्ट मलाई दिनुहोस् (भिडियोसहित) 

गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत  राजिव गिरीज्यूले विद्यालयका प्रधानाध्यापक श्रीमती विष्णु भन्डारीलाई एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभयो । उक्त हस्तान्तरण समारोहमा महालक्ष्मी न. पा. वडा–९ का अध्यक्ष वासुदेव गौतम, कुमारी बैंकका कर्मचारीहरु, विद्यालयका कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता थियो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदा लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदैं आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १११ शाखा संजाल, १०२ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको