नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रयी बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
मौद्रिक नीति पारित गर्नको लागि अहिले राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ । संचालक समितिले पारित गरे लगत्तै मौद्रिक नीति सार्वजनिक हुने बताईएको छ ।
यस वर्षको मौद्रिक नीतिले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित लचिलो कार्यदिशालाई निरन्तरता दिने अपेक्षा गरिएको छ। नीति निर्माणका क्रममा मौद्रिक कार्यदिशा, विभिन्न मौद्रिक औजारको प्रयोग तथा ब्याजदर करिडोरसम्बन्धी व्यवस्था समेटिने भए पनि नियामकीय प्रावधानहरू भने यसपटक मौद्रिक नीतिमार्फत परिवर्तन नगरिने तयारी रहेको बुझिएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्य अघि सारेको छ। यही लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति तयार पारिएको जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस