Like us!
Follow us!
Connect us!
Watch us!

वलिउडका प्रख्यात गायक ‘नक्स आर्टिस्टे ’म्याग्नम लाउन्ज क्लबमा प्रस्तुत गर्ने

मिलन खड्का

सोमबार, ०२ मंसिर २०७६, ०८ : ५५ मा प्रकाशित

वलिउडका प्रख्यात गायक ‘नक्स आर्टिस्टे ’म्याग्नम लाउन्ज क्लबमा प्रस्तुत गर्ने

अर्थ संसार, काठमाडौं– भारत वलिउडका प्रख्यात गायक, र्यापर,डिजे र संगीतकार‘नक्स आर्टिस्टे’ नेपाल आउने भएका छन । नोवेम्बेर बाईस मा गायक अमित मिश्रा को कार्यक्रम हुनु पर्ने ठाउमा हुन नसकेको कारणले नक्स आर्टिस्टे लाइ नेपाल बोलाइएको कम्पनीकी को. फाउन्डर सन्ध्या बस्‍नेतले बताईन |

अमित मिश्रा को व्यक्तिगत समस्या को कारण नोवेम्बेर बाईस मा हुने भनिएको उक्त कार्यक्रम हुन नसकेको ले आयोजक पक्ष्य पनि निकै दुखि छन्, तर नेपाली श्रोता को भावना लाई मध्यनजर गरेर आकस्मिक रुपमा उक्त दिन को लागि अर्का चर्चित गायक ‘नक्स आर्टिस्टे’लाई बोलाइएको जानकारी आयोजक पक्क्ष्य ले गराएका छन् | तर अमित मिश्रा को उक्त कार्यक्रम भने चाडै नै हुने भन्ने बारेमा आयोजक पक्ष्य बिस्वस्त छन् र आफ्ना दर्शक वर्ग लाई बिस्वस्त रहन आग्रह पनि गरेका छन्

‘नक्स आर्टिस्टे’का साथमै नेपाल का चर्चित गायक नबिन के भट्टराई र उनको ब्याण्ड अतृप्त को पनि प्रस्तुति रहने छ | नबिन के भट्टराई नेपाली संगीत जगत का निकै ख्यातिप्राप्त गायक हुन् उनका साना देखि ठुला वर्ग सम्म का थुप्रै प्रसंसक श्रोता छन् ।

उनको अधिकांस गीतहरु सुपर हिट रहेका छन्। उनले अत्याधिक मात्रा मा म्युजिक अवार्ड हरु जितेका छन्| यहि नोवेम्बर २२ तारीक शुक्रबार का दिन वेलुकी दरबार मार्ग मा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लब मा वलिउडका ‘नक्स आर्टिस्टे’’ र नेपालका नबिन के भट्टराईले आफ्ना विभिन्न हिट गितहरु प्रस्तुत गर्ने छन्' र उनीहरुको साथसाथै भारत बाट डिजे मनी को पनि सान्धार्बिक प्रस्तुति रहने छ |

छोटै समयमा निकै ख्याती कमाएका नक्स आर्टिस्टेको बारेमा कुरा गर्नु पर्दा उनी बलिउड मा निकै ख्याती प्राप्त कलाकार हून| उनि भारत का चर्चित र्यापर राफ्तार को लागि संगीत बनाउने काम गर्छन र साथै टी -सीरिज़ कम्पनि को लागि पनि अधिकारिक हिपहाप संगीतकारको रुपमा काम गर्छन।  

नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली. ले आयोजना गर्न लागेको यस कार्यक्रम ले पर्यटन वर्ष २०२० लाई पनि धेरै टेवा पुर्याउने अनुमान गरिएको कम्पनीका सी.ई.ओ आशिस लामिछाने बताउछन् |

नक्स आर्टिस्टेले संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण पनि गर्ने छन् र साथसाथै उनको आफ्नो नया म्युजिक भिडियोमा पनि नेपालका यहि स्थल लाई लक्क्षित गरेर उनले भिडियो सम्प्रेसन गर्ने छन् र जस्को प्रसारण संसार भरि गरिने छ | उनको युट्युब एकाउन्ट मा तिस लाख फलोवोर्स छन् जसको कारणले नेपालमा खिचिएको उक्त म्युजिक भिडियोले नेपाललाई संसारमा चिनाउन ठुलो टेवा पुर्याउने छ|

उनले थुप्रै हीट गितहरु गाएका छन् र उनका हरेक गीत बीस लाख भन्दा बढी हेरिएको छ। यसका साथ साथै उनले थुप्रै चर्चित अवार्डहरु पनि जिती सकेका छन् ।

उनी एक असल गायक हुनु को साथसाथै एक असल संगीतकार पनि हून| उनले सलमान खानको ‘किक’ चलचित्रमा समेत संगीत दिई सकेका छन् ।

उनले २०१२ देखि २०१९ सम्ममा देश र विदेश गरि ६०० भन्दा बढी कार्यक्रमहरू गरिसकेका छन्, । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली. ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्ष ले जानकारी दिएका छन्|
यस कार्यक्रम बाट उठेको लावांस को केहि प्रतिसत उहा हरुले च्यारिटी सहयोग अर्थात् टुहुरा बालबालिकामा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी गराएका छन्| यस कार्यक्रम मा सिने जगत, संचारकर्मी ,कलाकारिता क्षेत्र ,सामाजिक क्षेत्र र ब्यबसायिक क्षेत्र का बिसिस्ट पात्रहरुको बाक्लो उपस्थिति रहने छ । यस कार्यक्रममा सहभागी भै अनाथ बालबालिकाहरुको सामाजिक सहयोगार्थ योगदान गर्नको लागि भने चाही इच्छुक महानुभाव ले टिकट खरिद गरेर कार्यक्रम मा प्रवेश गर्नुपर्ने छ|

टिकट सुल्क साधरण को १००० (एक हजार) र भिआइपि को १५०० (पन्द्र सय) राखिएको छ ।निकै सिमित समय रहेकोले आयोजक पक्क्ष्य ले समय मै आफ्नो टिकट किनेर आफ्नो स्थान सुरक्क्षित राख्न आग्रह समेत गरेका छन् | यो पुरै मनोरन्जनात्मक कार्यक्रम हुने र टिकट खरिद गरिएको पैसा अनुसार को फाइदा पनि ग्राहक महानुभावहरुले लिन पाउने आस्वासन आयोजक पक्ष ले दिएका छन्| कार्यक्रम बेलुका ७ बजे बाट सुरु हुनेछ|

नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली. ले आयोजनागर्न लागेको कार्यक्रमलाई डिजिपे, जालापा फिर्स वाटर, भिजन कन्सन , रिसाउन्ड कफी हाउस ले सपोट गरेका छन् । डिजिपे बाट टिकट बुकिंग र खरीद मा ५०% छुट।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको