अर्थ संसार, काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूलाई मर्जरमा जान आग्रह गरेका छन्। 
ग्लोबल आईएमई र जनता बैंकको एकिकृत कारोबार शुभारम्भमा बोल्दै मन्त्री खतिवडाले भने  'अनुरोधलाई पालना नगर्दा, यसको मर्म नबुझ्दा भोलि अलिक कठिन अवस्था आयो भने फेरि सरकार वा राष्ट्र बैंकले सुन्ने दिन टाढा पुगिसकेको हुन्छ।'
 
अर्थमन्त्री खतिवडाले  ग्लोबल आईएमई र जनता बीच भएको 'बिग मर्जर' ले आफुलाई खुसी बनाएको र आउने दिनमा बैंकका निक्षेप कर्ताहरुको विश्वास जित्ने काममा लग्न आग्रह गरे। 
कार्यक्रम अर्थमन्त्रीले बोल्दै उनले बैंक ठूलो हुँदा अरुसंग प्रतिस्पर्धामा पनि  चुनौती हुने भएको कारण ठूलो भएर कारोबार गर्न सुझाब दिए।
 उनले भने ‘२०६५/०६६ सालतिर ५ अर्ब रुपैयाँमा खोज्नु पर्दा धेरै बैंकहरु जम्मा गर्नुपर्ने थियो ।
अहिले एउटै बैंकको पुँजी २० अर्बको हाराहारीमा पुगेको छ । अब १०/१२ अर्ब लगानीगर्न कुनै समस्या पर्दैन । अब नेपाली बैंकहरुले नेपाली मात्रै हैन विदेशी लगानी पनि भित्र्याउनु ।’
खतिवडाले मर्जरले सञ्चालन खर्च समेत घट्ने र  ऋणपत्रमा ब्याज दिँदा भोलीको कस्ट अफ फण्डलाई पनि ध्यान दिन आग्रह गरे । साथै ऋणपत्र र बैंकको ब्याजदरको सन्तुलत मिलाउन आग्रह पनि गरे ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूलाई आफ्ना कर्मचारी चिन्नको लागि आग्रह गरेका छन् । खतिवडाले भने ‘ठेक्कामा कर्मचारी ल्याएर राखेको छ, उनीहरुको वृति विकासमा लगानी गरेको छैन, अब बैंकहरुले केवाईसी संगै केवाईई नो योर इम्प्लाई पनि भर्ने गराउनु पर्छ ।’
हेर्नुहोस भिडियो 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस