Like us!
Follow us!
Connect us!
Watch us!

कुटिए पत्रकार

निशा हुमाँगाई

शुक्रबार, २७ मंसिर २०७६, १३ : ३३ मा प्रकाशित

कुटिए पत्रकार

अर्थ संसार,धरान- धरान-१२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको पैसा फिर्ता नभएको भन्दै संघर्ष समितिले हिजाे पत्रकार सम्मेलन आयोजना गरेकाे थियाे । सम्मेलनमा ढिलो आएको भन्दै पीडितले पत्रकार सन्तोष काफ्लेलाई कुटपिट गरेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरेश शाही ठकुरी, दीपक राई, संगीता राई र तुलसीप्रसाद विश्वकर्मा रहेका छन् । 

सल्लेरी बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएकाहरूको संघर्ष समितिले पत्रकार सम्मेलन राखेको थियो। सहकारीबाट ठगिएको पैसा फिर्ता नभएको भन्दै संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गर्दा काफ्लेलाई ढिलो आएको आरोपमा समितिका सचिव शाहीलगायतले कुटपिट गरेका प्रहरीले जनाएको छ।

कुटिएका पत्रकार काफ्लेको आँखामा गम्भीर चोट लागेको छ । उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि थप उपचारका लागि विराटनगर आँखा अस्पताल पठाइएको धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताउनुभयाे ।

पक्राउ परेकालाई कुटपिट तथा अंगभंग मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको