Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सले गर्यो जाडोमा न्यानो कपडा वितरण

अर्थ संसार

बुधबार, ०२ पुस २०७६, १२ : २३ मा प्रकाशित

गोर्खाज फाइनान्सले गर्यो जाडोमा न्यानो कपडा वितरण

अर्थ संसार, काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो २५ औँ बार्षिकोत्सवको अवसरमा  विद्यार्थीलाई  न्योनो कपडा वितरण गरेको छ ।  

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं. ४ मा रहेको कालिका माध्यमिक विधालयका गरिब तथा जेहेन्दार विधार्थी बालबालीकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

फाइनान्सले एक कार्यक्रम गरी गोर्खाज फाइनान्सका अध्यक्ष यादव चन्द्र राईले ६० जना विधार्थीहरुलाई स्वीटर प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा वोल्दै अध्यक्ष राईले गोर्खाज फाइनान्स नाफा मुखि संस्था मात्र नभएर सामाजिक उत्तरदायीत्वका कार्यहरुमा पनि यस्तै कार्यहरु गर्दै जाने बताउनु भयो ।

गोर्खाज फाइनान्सको कैलालीमा चौमाला शाखा रहेको छ । हाल उक्त शाखाले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा दिदै आइरहेको छ । राष्ट्रिय स्तरको गोर्खाज फाइनान्स लिमिटेडले सातै वटा प्रदेशमा २३ वटा शाखा खोलि आफ्नो ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

हाल फाइनान्सले आफ्नो ग्राहकहरुलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल तथा इन्टरनेट बैंकिङ, आइ.पि.एस. सेवा, डविट कार्ड, सि–आस्वा जस्ता सेवा सरल रुपले प्रदान गर्दै आएको छ ।  

गोर्खाज फाइनान्सको मुद्दति खातामा १०.५० प्रतिशत व्याज, अवधि कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको