Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिन कस्ताे रह्याे नेप्से सूचक ?

निशा हुमाँगाई

आइतबार, ०६ पुस २०७६, १५ : १३ मा प्रकाशित

साताकाे पहिलाे दिन कस्ताे रह्याे नेप्से सूचक ?

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) नेप्से सूचक १.१७ अंकले बढेर ११५०.८१ विन्दुमा अडिएको छ । आइतबार १६७ कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार कुल १४ लाख ८८ हजार ३०४ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ वटा समूहको सेयर कारोबार भएकामा ६ समूहको सूचक बढेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ७०.३२ अंकले बढेको छ । यता, होटेल्स समूहको सूचक पनि ४४.६१ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक भने ०.९२ अंकले घटेको छ ।

लगानी गर्न यो सहि समय हो,जोखिम नलिने हो भने बैंकको शेयरमा लगानी गर्नुहोस-कमल पन्थी (भिडियो अन्तरवार्ता) 

त्यसैगरी, कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रता कायम गरेको छ । यसको ४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकममा एनएमबि बैंक दोस्रो स्थानमा छ ।

आइतबार शिवम् सिमेन्ट्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसको सर्किट ब्रेकर लाग्ने गरी बढेको छ । त्यस्तै, पाँचथर पावर कम्पनीको पनि सर्किट लाग्ने गरी भाउ बढेको छ ।  यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको