Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रामा ब्रेक

निशा हुमाँगाई

मंगलबार, ०८ पुस २०७६, १५ : ४७ मा प्रकाशित

शेयर बजारको उकालो यात्रामा ब्रेक

अर्थ संसार, काठमाडौं– साताको तेस्रो दिन (आज) मंगलबार शेयर बजार २.३७ अंकले घटेकाे छ । सोमबार  शेयर बजार १७.७७ अंकले बढेको थियाे । आज कुल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर खरिदविक्री हुँदा ७२ करोड १६ लाख ४२ हजार ९६५ रुपैयाँको कारोबार भएकाे छ । 

११६३.९२ विन्दुबाट सुरु भएको आजकाे नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म ११६६.२१ विन्दुमा अडिएको छ ।

आज बढेको शेयर बजारमा बैकिङ ०.८४ अंक, व्यापार १.५८ अंक,फाइनान्स ०.०१ अंक, अन्य ०.३८ अंक र लगानी कोष ०.०१ अंकले बढेकाे छ ।

त्यसैगरी, हाेटल ३५.०१ अंक,  विकास बैंक ९ अंक, जलविद्युत ०.३७ अंक, निर्जिवन लाइफ ५९.५५ अंक, उत्पादन १०.१९ अंक, माइक्रोफाइनान्स १०.९१ अंक र लाइफ इन्स्योरेन्स ४०.३४ अंकले घटेकाे छ । 

साथै, आज कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रता कायम गरेको छ ।

5e01ec6c3b11f.jpg 5e01ec73dceee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको