Like us!
Follow us!
Connect us!
Watch us!

दिनानुदिन आकाशिँदै सुनको मूल्य, आज  फेरी नयाँ रेकर्ड कायम

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, ११ : १६ मा प्रकाशित

दिनानुदिन आकाशिँदै सुनको मूल्य, आज  फेरी नयाँ रेकर्ड कायम

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा साताकाे पहिलाे दिन आज (आइतबार) फेरी पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । शुक्रबार प्रतिताेला ७४ हजार ५ सय रुपैयाँ पुगेर रेकर्ड ब्रेक गरेकाे सुनको मूल्य आइतवार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसका साथै, चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेकाे महासङ्घले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको