Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरलको लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १६ : २३ मा प्रकाशित

लुम्बिनी जनरलको लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्थ संसार, काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सको लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत गत पौष १८ गते उदयपुरको गाईघाट बजारमा कार्यक्रम सम्पन्न भएकाे हाे । नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को व्यबस्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा प्रमुख अतिथीको रूपमा त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरी, बिशिष्ट अतिथी चौडण्डीगढी नगरापालिकाकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक नबराज तिमिल्सेनाको अध्यक्षता रहेको सो कार्यक्रममा श्री तिमिल्सेनाले लघुबीमा सम्बन्धमा स्थानिय निकायको भूमिका सम्बन्धमा तथा नेपाल बीमक संघका अधिकृत राजेन्द्र  पाठकले लघु बीमाको उद्देश्य, यसका फाइदा तथा शर्तहरू सम्बन्धी प्रशिक्षण दिएका थिए ।

त्यस्तै, उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय कृषक, कृषि व्यवसायी तथा कृषि अभियन्ताहरू लगायत ८८ जनाको सहभागिता रहेको थियो ।
 

5e11bd8174c6e.jpg 5e11bdd6ac3e8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको