Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे साधारण सभा भाेली, बम्पर लाभांश दिँदै

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १२ : ०९ मा प्रकाशित

नबिल बैंककाे साधारण सभा भाेली, बम्पर लाभांश दिँदै

अर्थ संसार, काठमाडाैं - नबिल बैंकले भाेली (मंगलबार) का लागि वार्षिक साधारण सभा आह्वान गरेकाे छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे हुनेछ ।

सभामा बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत कर प्रयाेजन गरी कूल ३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

त्यसैगरी, सभामा संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस ८ गते बुक क्लोज गरेको थियाे । तसर्थ, पुस ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश पाउने छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको